बंगबन्धु कबड्डी : इन्डोनेसियामाथि नेपालको जित

Read Time:1 Minute

बंगलादेशमा भइरहेको बंगबन्धु कप कबड्डी च्याम्पियनसिपमा नेपालले वियजी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले इन्डोनेसियालाई ४७(१८ ले पराजित गरेको हो ।

नेपालका प्रदीप मिजार खेलको म्यान अफ दि म्याच घोषित भए। समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार इराकको सामना गर्नेछ । नेपाल रहेको समूहमा इन्डोनेसिया र इराकसँगै केन्या पनि छ ।

प्रतियोगितमा कूल ८ टोली सहभागी छन् । समूह ‘ए’ मा आयोजक बंगलादेश, श्रीलंका, मलेसिया र इंग्ल्याण्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

नेपाली टोलीको खेलाडीहरुमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रञ्जित गजमेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव रहेका छन् ।

यस्तै प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अरविन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखिया र निर्णायकमा विनोद प्रजापति छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post चेल्सी एफए कपको सेमिफाइनलमा
Next post थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको बिदाई
Close