नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा अपराजित रहँदै फाइलनमा पुगेको छ। दीपेन्द्रसिंह ऐरी कीर्तिमानी शतक प्रहार गरेपछि शनिबार भएको अन्तिम खेलमा मलेसियालाई ८५ रनले हराउँदै नेपाल अपराजित रहँदै फाइनल पुगेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दोस्रो शतक प्रहार गरेपछि नेपालले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याउको मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो ।
ओपनर विरनदिप सिंहले विष्फोटक ब्याटिङ गर्दै २६ बल खेल्दै ९ चौका प्रहार गरेर ४७ रन बनाए । कप्तान अहमद फैजले ३३ र सयद अजिजले १७ रन जोडे । फैज र अजिज दुवैलाई कप्तान सन्दीपले कुशल भुर्तेलबाट क्याचआउट गराए ।
बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । विरलै बलिङ गर्ने कुशल भुर्तेल र रोहित पौडेलको नाममा पनि १ विकेट रह्उो।
त्यसअघि दीपेन्द्र सिंह ऐरीले अविजित ११० रन बनाएपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाएर २२३ रन बनाएको थियो । यो टि–२० अन्तर्राष्ट्रिष्मा नेपालले बनाएको तेस्रो ठूलो स्कोर हो । यसअघि नेपालले गत वैशाखमा त्रिवि क्रिकेट मैदानमै नेदरल्यान्ड्सविरुद्ध २३८ र भुटानविरुद्ध २३६ रन बनाएको थियो ।
दीपेन्द्रले ५७ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए । यो शतकसँगै दीपेन्द्र टि–२० अन्तर्राष्ट्रिमा नेपालका लागि एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडी बने । यसअघि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १०७ रन बनाएका थियो । नेपालका नेपालका लागि चोथौ टि–२० शतक पनि हो। यसअघि ज्ञानेन्द्रसँगै पारस खड्का र कुशल भुर्तेलले पनि शतक प्रहार गरेका थिए।

यस्तै, दीपेन्द्र एकदिवसीय र टि–२० आईमा दुवैमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन्। । यसअघि यो उपलब्धि पूर्वकप्तान पारस खड्काले मात्र हासिल गरेका थिए।
दीपेन्द्रसँगै रोहितकुमार पौडेलले पनि उत्कृष्ट ब्याटिङ गरे। टि–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए । दीपेन्द्र र रोहितले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । यस्तै, आसिफ शेखले १८, आदिल अन्सारीले १४, कुशल भुर्तेलले १२ रन बनाए।
बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद अमिरले सनमा १ विकेट लिए ।
नेपाल, मलेसिया र पपुवा न्यूगिनी ९पीएनजी० सम्मिलित शृंखलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्यो ।
मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । अब नेपालले फाइनलमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।