यसैवर्ष अस्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले् उत्कृष्ट सुरुआत गरेको छ। शुक्रबार ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा ११८ रनको सामान्य लक्ष्य डिफेन्ड गर्दै नेपालले आमानमाथि ३९ रनको सानदार जित निकाल्यो।
नेपाललाई शानदार जित दिलाउन नेपाली बलर उत्कृष्ट बलिङ गरे। नेपाल बलिङमा चम्किएपछि ओमान १७ ओभरमा ७८ रनमै अलआउट भयो। ओमानका लागि नसीम खुसीले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
नेपालका लागि कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा १५ रन खर्चिए। यस्तै, कप्तान सन्दीपले ४ ओभरमा २० रन खर्चेर २ तथा दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । यस्तै, जितेन्द्र मुखिया र अविनाश बोहराले पनि १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको पहिला निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ११७ रनमात्र बनाउन सकेको थियो । नेपालका लागि आरिफ सेखले ३७ बलमा २ चौका प्रहार गर्दै सर्वाधिक ३८ रन बनाए ।
यस्तै, कप्तान सन्दीप लामिछानेले अन्तिममा ७ बलमा आक्रमक रुपमा १६ रन बनाए । उनले समान १ चौका र छक्का प्रहार गरे । यस्तै, लोकेश बलमले १७ बलमा १६ रन बनाउँदा ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।
नेपालकोृ इनिङ ध्वस्त बनाउने क्रममा ओमानका खवार लीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । यस्तै, बिलाल खानले ३ ओभरमा २५ रन खर्चँदै २ विकेट लिए ।
यो जितसँगै नेपालले ग्लोबल छनोटको समूह एबाट सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। समूह एको समूह १ मा नेपालसँगै ओमान, क्यानडा र फिलिपिन्स छन्। यी मध्ये २ जित सेमिफाइनल पुग्नेछन्।