°
, June 2, 2023 in

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

SHARE:

आसिफ सेख र सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेपछि आईसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल विजयी भएको छ। आसिफ र सन्दीपले आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि युएई भइरहेको सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीमाथि ३ विकेटको जित निकाल्यो।

दुबैले आठौं विकेटका लागि ७७ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि आठौं विकेटका लागि दीपेन्द्र र सोमपाल कामीले लिग टूमा स्कटल्याण्डविरुद्ध अविजित ५५ रनको साझेदारी गरेका थिए।

ओपनर आसिफले धैर्यपूर्वक ब्याटिङ गरेपछि पिएनजीले दिएको २८० रनको लक्ष्य पालले ४८ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो। लागतार विकेट गएपछि दबाबमा परेको नेपालका आफिस एक इन्डबाट आफ्नो विकेट जोगाउँदै नेपाललाई जित दिलाए।

१३० बल सामना गरेका आसिफले २ चौका र १ छक्काको मद्दतमा अविजित ८६ रन बनाए । सन्दीपले ५० बलमा ३ चौकासहित अविजित ३५ रन बनाए ।

सन्दीपले बनाएको ३५ रन करियरकै कुनै एक इनिङमा बनाएको सबभन्दा उच्च स्कोर हो । यस्तै कुशल मल्लले २३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

दीपेन्द्र सिंह ऐरी र भीम सार्की समान ८र८ रनमा आउट भए, ज्ञानेन्द्र मल्लले ६ रन बनाए भने कप्तान रोहितकुमार पौडेल र आरिफ शेखले १–१ रन बनाए । कुशल भुर्तेल शून्यमै आउट भए ।

पीएनजीका लागि कप्तान असद भालाले ३ तथा सेमो कामिअ र सेसे बाउले समान २ विकेट लिए।

दुबई इन्टरनेशनल स्टेडियममा पहिला ब्याटिङ गरेको पिएनजीले ४९।२ ओभरमा अलआउट हुँदै १७९ रन बनायो ।

पिएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाउँदा हिरी हिरीले ३१ रन बनाए । उराले ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे भने हिरीले ६३ बलमा २ चौका र १ छक्का नै प्रहार गरे।

यस्तै, किप्लिन डोरिगाले २६, गाउडी टोकाले १५ र नर्मन भानुआले १४ रनको योगदान दिए।

नेपालका लािग सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। सोमपालले १० ओभरमा ३९ रन खर्चिँदा दीपेन्द्रले १० ओभरमा १ मेडनसहित ३० रन खर्चिए। यस्तै, सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान १ विकेट लिए।

SHARE: