श्रीलंकामा जारी एसिसी यू–१९ एसिया कपमा नेपाली युवा टिमलले सुखद् अन्त्य गरेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा युएईलाई १६० रनको फराकिलो अन्तरले पराजित गर्दै गर्दै नेपालले प्रतियोगितालाई सुखद् रुपमा अन्त्य गरेको हो ।
श्रीलंका र बंगलादेशसँगै समूह बीमा रहेको नेपाल सुरुवाती दुई खेलमा श्रीलंकासँग ५ विकेट र बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्ध मध्यम प्रर्दशन गरेको नेपालले बंगलादेशविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, फिनिसिङमा चुक्दा नेपाल पारजित भएको थियो ।
मंगलबार भएको खेलमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको २८६ रनको लक्ष्य पछ्याएको युएई ३४.४ ओभरमा १२५ रनमै अलआउट भयो । युएईको लागतार तेस्रो हार हो ।
उसका लागि वरित्य अरविन्दले सर्वाधिक २८ रन बनाए भने एलिसन अराफुले २१, ओसमान हसनले १६ र शैयद हैदरले १५ रन बनाए । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सागर ढकालले सर्वाधिक ३ विकेट लिए भने रसिद खान, पवन सर्राफ र सूर्य तामाङले समान २ विकेट लिए ।

यसअघि युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रनको विशाल योगफल बनायो ।
नेपाललाई विशाल योगफल तर्फ डोहो¥याउने क्रममा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६७ रन बनाए । रोहितले ८४ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे । यस्तै, सन्दीप जोराले ५३ बलमा ४८, आसिफल सेखले ५३ बलमा ४५, रसिद खानले ४४ बलमा ४४ र किसानसिंह ऐरीले २६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाए भने कुशल मल्लले २२ बलमा २२ रन बनाए ।
दुवै ओपनरलाई शुन्य रनमा गुमाएको नेपाललाई रोहित र आसिफ सेखले तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पु¥याएका थिए । यस्तै, चौथो विकेटका लागि रोहितले सन्दीप जोरासँग ८५ रनको साझेदराी गर्दै नेपाललाई विशाल योगफल तर्फ डोहो¥याएका थिए ।
नेपालको विशाल योगफलमा ८औं विकेटको साझेदारी महत्वपूर्ण थियो । आठौं विकेटका लागि किसान र रसिदले ९ ओभरमा आक्रामक इनिङ खेल्दै ७६ रनको साझोदारी गरेका थिए । दुवै अन्तिम ओभरमा आउट भए ।
युएईका आकाश ताहिर र सञ्चित शर्माले समान ३ विकेट लिए भने पालानिपन मियाप्पनले २ तथा ऋषव मुखर्जीले १ विकेटले ।