°
, June 1, 2023 in

घरेलु सिरिज क्लिन स्विप गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा

SHARE:

नेपालले यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने भएको छ। एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको विश्वकप क्रिकेट लिग २ को अन्तिम त्रिकोणात्मक सिरिज क्लिन स्विप गर्दै नेपालले जिम्बाबेमा हुने विश्वकप छनोटमा पुगेको हो।

कीर्तिपुरस्थित टियू मैदान भएको अन्तिम सिरिजको अन्तिम खेलमा युएईमाथि ९ विकेटको जित निकाल्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । लिग २ का पछिल्ला ३ सिरिजका १२ मध्ये ११ खेल जित्दै नेपाल विश्वकप लिग २ अप्रत्यासिप रुपमा तेस्रो भयो । र, जिम्बाबेमा हुने छनोमा आफ्नो स्थान सुरक्षित गर्यो।

३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ बनाएको अवस्थामा अर खेल रोकिएपछि नेपाल डिएल (डकवर्थ लेविस) नियमका आधारमा नेपाल विजयी भयो।

विशाल लक्ष्य पछ्याउने क्रममा नेपालको मिडल अर्डरले उत्कृष्ट ब्याटिङ गर्यो। नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, आरिफ खेर र गुल्सन झाले अर्धशतक प्रहार गरे।

ओपनर कुशल भुर्तेलले ३५ बलमा तीन चौका र चार छक्काको मद्दतबाट ५० रन बनाए । नेपालका लागि भीम सार्कीले सर्वाधिक रन बनाए । उनले ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रन बनाए । 

त्यस्तै आरिफ शेखले ५२ रन बनाए । उनले ६२ बलमा २ चौका प्रहार गरे । गुल्सन झाले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन पूरा गरे ।कप्तान रोहित पौडेलले १६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित १० रन बनाए ।

युएईका लागि जुनेद सिद्धिकीले सर्वाधिक तीन विकेट लिए भने आयान अफ्जल खान र जहुर खानले क्रमशः दुई र एक विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ गरेको युएईले ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो । युएईलाई फराकिलो स्कोरमा पुर्याउन आसिफ खानले कीर्तिमानी शतक बनाए । खानले ४१ बलमा ११ छक्का ४ चौकाको विस्फोटक ब्याटिङ गर्दै १०१ रन बनाए। 

खेलमा कप्तान मोहम्मद वसिमले ६३ रन बनाए । ४९ बल खेलेका वसिमले ६ छक्का र २ चौका प्रहार गरे । त्यस्तै भृत्तीय अरविन्दले १३८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ९४ रन बनाए । त्यस्तै रोहन मुस्तफाले २० रन बनाउँदा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए । त्यस्तै ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले एकएक विकेट लिए । 

SHARE: