°
, June 7, 2023 in

आयरल्यान्डविरुद्ध खेल्दै नेपाल

SHARE:

ओमानमा भइरहेको चार देशीय टि–२० सिरिजको अन्तिम खेलमा नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ । खेल मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुनेछ ।

ओमानमै १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टि–२० विश्वकप ग्लोबल छनोटका तयारीका लागि चारदेशिय सिरिज आयोजना गरिएको हो। यसअघि नेपालले सिरिजका दुई खेलमा ओमानमाथि ६ विकेटको जित निकाल्दा युएईसँग २५ रनले पराजित भएको थियो।

आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

नेपालले आयरल्यान्डसँग यसअघि दुई टि–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलमा नेपाल पराजित भएको छ ।

सन् २०१५ मा आयरल्यान्डमै भएको टि–२० विश्वकप छनोटमा नेपाल आयरल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । यस्तै २०१९ मा ओमानमै भएको पेन्टागुलर टि–२० सिरिजमा आयरल्यान्डले नेपाललाई १३ रनले हराएको थियो ।

यस्तै आजै ११ः४५ बजे ओमान र युएईबीच पनि खेल हुनेछ।

SHARE: