°
, June 7, 2023 in

ब्याटिङ सुधारको अपेक्षासहित नामिबियासँग खेल्दै नेपाल

SHARE:

आईसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली नामिबियाको सामाना गर्दै छ। नेपाल र नामिबिया बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल नामिबिया भ्रमणमा पहिलो जितको खोजीमा हुन्। यता नामिबिया भने लागतार दोस्रो जित निकाल्दै आफूलाई तालिकाम बलियो बनाउन चाहन्छ।

नेपाल र नामिबियाबीचको यो सिरिजको दोस्रो खेल हो। पहिलो खेल वर्षाका कारण बीचमै रोकिएको थियो । दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो । यता, नामिबियाको यो अन्तिम खेल हो। ऊ पहिलो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा उसले स्टकल्यान्डलाई ३ विकेटले हराएको थियो।

यदि नामिबियालाई हराउने हो भने नेपालले ब्याटिङमा निकै सुधार गर्नुपर्नेछ। किनभने नेपालले नामिबिया भ्रमण निकै कमजोर ब्याटिङ गरिरहेको छ। नेपालले खेलेका दुवै खेलमा पहिला ब्याटिङ गर्दै २ सय रन पनि कटाउन सकेको छैन। नामिबियाविरुद्धको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको अर्धशतक बाहेक नेपाली ब्याट्सम्यानको ब्याट शान्त छ।

त्यसैले आजको खेलमा प्रशिक्षक मनोज प्रभाकरले टिममा केही परिवर्तन गर्न सक्छन्, उनले ओपनिङमा आसिफ सेखसँगै कुशल भुर्तेललाई खेलाउन सक्ने छन्। र, अर्जुन साउदको स्थानमा अलराउन्डर हासिम अन्सारीलाई मौका दिन सक्छन्। ब्याटिङमा अन्य परिवर्तनको अप्सन भने प्रभाकरसँगै छैन। किनभने टिम अरु कुनै पनि ब्याट्सम्यान छैनन्।

लिग–२मा लागातार खराब प्रदर्शन गरिरहेको नेपालको एकदिवसीय मान्यता पनि जोखिममा परेको छ। नेपाल २२ खेलमा ८ जित मात्र निकाल्दै पुछार बाट दोस्रो स्थानमा छ।

यता, नामिबिया भने २९ खेलमा ३५ अंक जोड्दै तेस्रो स्थानमा छ। लिग–२मा ४४ अंक जोडेको स्कल्यान्ड शीर्ष स्थानमा रहँदा ४४ अंक नै जोडेको ओमान दोस्रो स्थानमा छ।

SHARE: