पहिलो पटक मोफसलमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगिता महिला साफ च्याम्पियनसिप फुटबलमा आयोजक नेपाल एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको समूह एअन्तर्गत बिहीबार भएको खेलमा बिहीबार भएको खेलमा भुटान बंगालदेशसँग पारजित भएपछि नेपाल सेमिफाइलनमा प्रवेश गरेको हो ।
समूह एबाट नेपालसँगै बंगलादेश पनि अन्तिम ४ मा प्रवेश गरेको छ । शनिबार हुने नेपाल र बंगालदेशबीचको समूहको अन्तिम खेलले समूहको विजेता र उपविजेताको टुंगो लगाउने छ ।
नेपाल र बंगलादेश दुवै भुटानलाई पारजित गर्दै समेफाइनलमा प्रवेश गरेका हुन् । उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले पराजित गरेको थियो भने आजै भएको खेलमा बंगलादेशले भुटानलाई २–० ले पारजित गर्दै सेमिफाइलनमा स्थान पक्का गरेको हो ।
प्रतियोगितामा दक्षिण एसियामा ६ टिम सहभागी छन् । दक्षिण एसियाली टिम पाकिस्तानले भने अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।
प्रतियोगिताको समूह एमा नेपाल, बंगलादेश र भुटान छन् भने समूह बीमा चार पटकको च्याम्पियन भारत, श्रीलंका र माल्दिभ्स छन् ।