अन्जनको गोलमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा बंगादेशलाई १(१ गोलको बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइलनमा प्रवेश गरेको हो।

५ टिम सहभागी प्रतियोगितामा नेपाल २ जित र १ बराबरीसहित ७ अंक जोड्दै फाइनल पुगेको हो। यता, नेपालसँग बराबरीमा रोकिएपछि बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ। सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो।

स्ट्राइकर अन्जन विष्टले खेलको अन्त्यतिर गोल गरेपछि नेपालले बंगलादेशलाई बराबरीमा रोक्दै फाइनल पुगेको हो। उनले ८८औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरे। मोहमद साद उद्दीनले अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

९औं मिनेटमै बंगलादेशले अग््रता लियो । उसका मोहम्मद सुमन रेजाको गोल हेडिङ गोल गरेका थिए। ७९औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानले रातो कार्ड पाएपछि नेपालले खेलमा फर्कने मौका पाएका थियो।

खेलको १५ औं मिनेटमा रोहित चन्द नजिकको दूरीबाट गोल गर्न चुके । गौतम श्रेष्ठले निकालेको पासमा उनको प्रहार बाहिरिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा रेजा नै नेपाली गोलरक्षक किरण लिम्बूविरुद्ध वान टु वानमा बललाई पोस्टको दिशा दिन चुके । त्यसमा किरणले उत्कृष्ट बचाउ गरे ।

अञ्जन विष्टले ५९ औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार पोस्टको केही माथिबाट बाहिरिएको थियो । खेल सुरु हुन अगाडि टिम सूचीमा रहेका पुजन उपरकोटी भने मैदानमा उत्रन सकेनन् । टिम वार्म अपका क्रममा उनी घाइते भएका थिए र उनको स्थानमा विशाल राईले मौका पाएका थिए ।

अब नेपालले उपाधिका लािग आजै हुने माल्दिभ्स र भारतबीचको विजेतासँग खेल्ने छ।