एमालेले गठन गर्‍यो खेलकुद महासंघ, अध्यक्षमा रमेश पौडेल

सत्तारुढ दल नेकपा एमालेले नेपाल खेलकुद महासंघ केन्द्रीय कार्यसमिति चयन गरेको छ। नेपाल खेलकुद महासंघको राष्ट्रिय कार्यकर्ता भेलाले रमेश पौडेलको अध्यक्षतामा ५ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको हो।

राष्ट्रिय सभा गृहमा भएको राष्ट्रिय कार्यकर्ता भेलाले गठन गरेको केन्द्रीय कार्यसमितिको महासचिवमा मेघराज पौडेल महासचिव रहेका छन् । वरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत, उपाध्यक्षमा १२ जना चयन भएका छन् भने सचिवमा ७ जना छन्।

भेलाको पूर्वमन्त्री कर्णबहादुर थापा र नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरेका थिए। । भेलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेज गुरुङ, राखेप कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याललगायतको उपस्थित थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.