°
, June 1, 2023 in
0

एनएसएलका लागि ललितपुरले भित्र्यायो क्रोएसियन खेलाडी

SHARE:

नेपाल पहिलो पटक आयोजना हुन लागेकाको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)का लागि ललितपुर सिटी एफसीले क्रोएसियन खेलाडी अनुबन्ध गरेको छ।

दशरथ रंगशालामा वैशाख ११ देखि २५ गतेसम्म आयोजना हुने एनएसएलका लागि ललितपुरले क्रोएसियन विंगर भिलिम पोनिस्कोभिचलाई टिममा भित्र्याएको हो ।

३० वर्षीय विंगर पोनिस्कोभिच अहिले बोस्निया एण्ड हजगोभिनामा व्यवसायिक फुटबल खेल्छन्। उनले ग्रीक, साइप्रस, चीन पनि व्यवसायिक फुटबल खेलेका छन्। एनएसएल खेलन पोनिस्कोचि आइतबार नै नेपाल आइपुगेका छन्।

अन्जन विष्ट मार्की खेलाडी रहेको ललितुरको प्रशिक्षकमा प्रदीप हुमागाईं छन् । ललितपुरमा मिक्छेन तामाङ, नविन लामा, विनोद गुरुङ, प्रवेश दनुवार, कमल श्रेष्ठ, एरिक विष्ट, विमल राना, रोहित कार्की, सरोज योञ्जन, रन्जन विष्ट, निरज बस्नेत, पल्साङ लामा, गौरव बुढाथोकी र अर्पन कार्की छन्।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको एनएसएलमा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *