लेबनानसँग नेपालको फराकिलो हार, गोलबिहीन यात्रा लम्बियो

एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपालले फराकिलो हार बेहोरोको छ। आइतबार ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल लेवनानसँग ४–०ले पराजित भयो।

४ टिम सहभागी छनोटको समूह बीमा रहेको नेपालको लागतार तेस्रो फराकिलो अन्तरको हार हो। यसअघि नेपालले इरानसँग ४–० र आयोजक ताजकिस्तानसँग ६–०ले पराजित भएको थियो।

तीनै खेलमा फराकिलो हार बेहोरोको नेपालले एउटै पनि गोल गर्न सफल भयो । योसँगै नेपालको गोलबिहीन र जितबिहीन यात्रा लम्बिएको छ। पटक–पटक यू–२३ एसियन कप छनो खेले पनि नेपाली टिमले अझैसम्म प्रतियोगितामा गोल गर्न सकेको छैन ।

लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे भने मोहमद नासिर र मोहमद हैदरले एक गोल गरे। २६औं मिनेटमा फरानको गोलमा लेबनानले सुरुआती अग्रता लियो।

पहिलो हाफमा १ गोल गरेको लेबनानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । ४७ औं मिनेटमा फरानले नै गोल गरेपछि लेबनानले २–०को अग्रता लियो। ७४औं मिनेटमा मोहमद नासिर र ८२औं मिनेटमा र्हदरले गोल गरेपछि लेबनानले ४–०को जित निकाल्यो।

प्रतियोगितामा लेबनानको यो पहिलो जित हो । समूह बीमा लेबनान तेस्रो स्थानमा रहँदा अंकबिहीन नेपाल पुछारमा रह्यो। शीर्ष दुईमा रहेका आयोजक ताजकिस्तान र इरानको समान ६ अंक छ । आजै हुने यी दुई बीचको विजेता एसियन कपका लागि छनोट हुनेछ ।