१०७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झड्का लागेको छ । नेपालले आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमाएको छ । पहिलो ओभरमै नेपालले कप्तान पारस खड्कालाई गुमायो भने दोस्रो ओभरमा प्रदीप ऐरीलाई गुमायो ।
कप्तान पारस खड्का पहिलो ओभरको दोस्रो बलमा गोल्डेन डक आउट भए । उनी महोम्मद नाभीदको बलमा सामइन अनवरबाट क्याच आउट भए । यस्तै प्रदीप दोस्रो ओभरको पाँचौं व्यक्तिगत ८ रनमा अमिर हायतको बलमा मुहम्मद उस्मानबाट क्यान आउट भए ।
सुरुमै आफ्ना ओपनर गुमाएपछि नेपाल सामान्य लक्ष्य पछ्याउँदा पनि दबाबमा परेको छ । अहिले ४ ओभरमा २ विकेट गुमाएर १४ रन बनाएको छ । अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र करण केसी छन् ।
यसअघि युएईविरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा अभिनाश बोहरा, सन्दीप लामिछाने, सोमपाल कामी र करण उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरभन्दा ४ बल अगाडि अल आउट हुँदै १०७ रन मात्र बनाउन सक्यो ।