नेपाली पुरुष भलिबल टिम बंगलादेशसँग पराजित

Read Time:1 मिनेट

एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्जकप नेपाली पुरुष टिम पराजित भएको छ। बंगलादेशको ढाकामा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाली टिम आयोजक बंगलादेशसँग ३–०को सोझो सेटमा पराजित भयो।

उपाधि दाबेदार मानिएको बंगलादेशलाई कुनै पनि सेटमा दबाब दिन सकेन । नेपाल पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–१९ ले पराजित भयो।

५ टिम सहभागी प्रतियोगितामा नेपालले दोस्रो खेल शुक्रबार उज्वेकिस्तानसँग खेल्नेछ। यस्तै नेपालले तेस्रो खेलमा शनिबार श्रीलंका र अन्तिम खेलमा आइतबार माल्दिभ्ससाग खेल्ने छ।

महिलातर्फ भने नेपालले विजयी सुरुआत गरेको छ । बिहीबार भएको खेलमा नेपाली महिला टिमले श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्यानका खेलाडी छनोट समितिका संयोजक दिए राजीनामा
Next post प्रधानमन्त्री कप महिला क्रिकेट : समूह विजेता बन्दै एपिएफ सेमिफाइनलमा
Close