नेपालको खराब ब्याटिङ, युएईसँग ६८ रनले पराजित

Read Time:3 Minute

खराब ब्याटिङ प्रदर्शन गरेपछि नेपाल आईसिसी विश्वकप लिग–२का युएईसँग पराजित भएको छ । युएईमा बिहीबार भएको खेलमा २०८ रनको मध्यम लक्ष्य पछ्याउँदा नेपाल ६८ रनको फराकिलो अन्तरले पराजित भयो।

नेपालका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। नेपालका लागि कुशल मल्ललै आक्रमक इनिङ खेल्दै अर्धशतक बनाए । उनले ५३ बलमा ९ चौका र १ छक्का प्रहार गरे। यस्तै, सन्दीप लामिछानेले २४ बलमा ४ चौका प्रहार गर्दै २६ रन बनाउँदा आरिफ सेखले १६ बलमा १७ रन बनाए।

नेपालका लागि भरपर्दा ब्याट्सम्यानहरु रोहितकुमार पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ सेख डकआउट भए। दीपेन्द्रसिंह ऐरीले ७, ओपनर कुशल भुर्तेल र करण केसीले ५ रन बनाउँदा गुल्सन झा र सोमपाल कामीले ४ रन मात्र बनाउन सके।

नेपालको इनिङ ध्वस्त बनाउने क्रममा युएईका स्पिनरद्वय रोहत मुस्तफा र कार्तिक मैयप्पनले घातक बलिङ गरे। मैयप्पनले ८.५ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिँदा मुस्तफाले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए। यस्तै, जुनैद सिद्दिकीले २ विकेट लिए।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ युएईले निधारित ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनायो ।

युएइृका लागि ओपनर आसिफ खानले सर्वाधिक ७२ रन बनाए। उनले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै अनुभवी खेलाडी रोहन मुस्तफाले नटआउट अर्धशतक बनाए। उनले ७६ बलमा २ चौका प्रहार गर्दै ५२ रन बनाए।

यस्तै, आर्यन लाक्राले २८, कप्तान चुन्दनगापोली रिजवानले २२ र भृत्य अरविन्दले १८ रनको योगदान दिए।

नेपालका लागि यसै खेलमार्फत टिममा फर्किएका सन्दीपले १० ओभरमा १७ रन मात्र खर्चेर ३ विकट लिए । यस्तै, कुशल मल्ल, आरिफ सेख र करण केसीले समान १ विकेट लिए ।

आईसिसी विश्वकप लिग–२मा नेपाल लागातार ५ जितपछि पराजित भएको हो । यसअघि नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजका चारै खेल र जारी सिरिजको पहिलो खेलमा पिएनजीलाई हराएको थियो।

युएईसँगको यो हारसँगै नेपाललाई अब सिधै एकदिवसीय विश्वकप छनोटमा पुग्न बाँकी ६ खेल जित्नै पर्ने भएको छ। लिग–२का ३० खेलमा १३ जित निकालेको नेपाल २८ अंकसहित छैठौं स्थानमा छ भने ३१ अंक जोडेको युएई पाँचौं स्थानमा छ।

लिग–२ को शीर्ष दुईमा रहेका स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब १ स्थानमा लागि नामिबिया, नेपाल र युएईको प्रतिस्पर्धा हुने छ।

Happy
Happy
0 %
Sad
Sad
67 %
Excited
Excited
17 %
Sleepy
Sleepy
0 %
Angry
Angry
17 %
Surprise
Surprise
0 %
Previous post दीपेश कँडेलको सनसनी ह्याट्रिकमा नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा
Next post यू १९ विश्वकपमा छनोट भएको नेपाली टिमलाई जनही १ लाख दिने क्यानकाे घाेषणा
Close