दोस्रो एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल युएईसँग ३ विकेट पराजित भयो । दुबईस्थित आईसिसी एकेडेमी मैदानमा भएको लोस्कोरिङ गेममा नेपाल तीन विकेटले पराजित भएको हो ।
ओडिआईमा नेपालको यो दोस्रो पराजय हो । यसअघि नेपाल नेदरल्यान्ड्समा भएको पहिलो एकदिवसीय सिरिजको पहिलो खेलमा पराजित भएको थियो ।
निरन्तर खराब ब्याटिङ गरिरहेको नेपाल युएईविरुद्ध पनि त्यसैको सिकार भयो । यस्तै नेपालको हारको अर्को कारण प्लेइङ ११ छनोट र बलिङमा सही खेलाडीको प्रयोग नहुनुलाई पनि मान्न सकिन्छ ।

पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय १४ रनको सामान्य लक्ष्य युएईले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । युएईलाई जित दिलाउन अमिर हायत र इमारान हैदरले धैर्ययूर्ण ब्याटिङ गर्दैै आठौं विकेटका लागि नटआउट ४३ रनको साझेदारी गरे । हायतले २४ तथा हैदरले १८ रन बनाए ।
यसैगरी गुलाम सब्बीरले सर्वाधिक ३० रन बनाए । उनले ४८ बल खेल्दै ३ चौका प्रहार गरेका थिए । यस्तै साइमन अनवरले ११ रनको योगदान दिए ।
१ सय १४ रनको झिनो लक्ष्यमा पनि युएईलाई संघर्ष गर्न बाध्य बनाउने क्रममा करण केसी, सन्दीप लामिछाने र कप्तान पारसले खड्काले समान २ विकेट लिए । यस्तै सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

करणले ९ ओभरमा १ मेडनसहति ३१ रन खर्चिए भने सन्दीपले ९.१ ओभरमा १ मेडनसहित ३४ तथा पारसले ७ ओभरमा २३ रन खर्चिए ।
यसअघि दुबईस्थित आईसिसी एकेडेमी मैदनमा भइरहेको खेलमा टस जितेर युएईले फिल्डिङ रोजेपछि ब्याटिङका लागि आएको नेपालले ३३.५ ओभरमा अलआउट हुँदै १ सय १३ रनको झिनो योगफाल खडा ग¥यो ।
नेपालका लागि सोमपाल कामी, आरिस सेख, कप्तान पारस खड्का र सन्दीप लामिछानेले मात्र युएईको बलिङ आक्रमणको केही समय डटेर सामना गरेका थिए । अन्य ब्याट्सम्यान भने क्रिजमा टिक्न सकेनन् ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए भने आरिफ सेखले २५, कप्तान पारस खड्काले २० तथा नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले १५ रन बनाए ।

निरन्तर ओपनिङ समस्या भोगिरहेको नेपालले युएईविरुद्ध विनोद भण्डारी र ज्ञानेन्द्र मल्ललाई ओनिङमा ल्याएको थियो । तर, उनीहरुले पनि गतिलो योगदान दिन सकेनन् । ज्ञानेन्द्र मल्ल डकआउट भए भने विनोद ५ रन मात्र बनाए आउट भए ।
चौथो नम्बरका आएका सोमपालले ४७ बल खेल्दै ३ चौकाको सहयोगमा ३० रन बनाए भने पारसले ३६ बलमा ३ चौका प्रहार गरेका थिए । यस्तै आसिफले ४३ बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाए भने सन्दीपले २७ बलमा १५ रन बनाए ।
यसैगरी मध्यक्रमा भरपर्दा युवा ब्याट्सम्यास दीपेन्द्रसिंह ऐरी शुन्य रन आउट भए भने राष्ट्रिय टिममा डेब्यू गरिरहेका पवन सर्राफले ४ रन मात्र बनाउन सके । यस्तै करणले केसीले ३ रन बनाएर आउट भए भने बसन्त रेग्मी शून्य रनमै पभेलियन फर्किए ।
युएईका युएई कताप्न महोम्मद नाभेद र अमिर हायतले सामान ३ विकेट लिँदा इमरान हैदरले पनि २ तथा कदीर अहमदले १ विकेट लिए । कप्तान नाभेदले ९ ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेए भने हायतले ७.५ ओभरमा २ मेडनसहित १९ रन मात्र खर्चेर ३ विकेट लिए ।