ओलम्पिक खेल्ने नेपाली खेलाडीको कोरोना बिमा

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक खेल्ने नेपाली खेलाडीको कोरोना बिमा गरेको छ। एनओसीले शुक्रबार ओलम्पिक तथा युथ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी लगायत ८९ जनाको कोरोना बिमा गरिदिएको हो।

एनओसीको शनिबार बसेको बैठकले ओलम्पियनसहित पदाधिकारी र स्टाफको कोरोना बिमा गर्ने निर्णय गरेको थियो। सोही अनुसार एनओसीले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारणसभा सदस्य, एनओसी कमिसनका सदस्य र सबै कर्मचारीको बिमा गरेको छ।

नेपालमा भएका र एनओसीको सम्पर्कमा रहेका करिब ५० जना ओलम्पियन, एनओसीका पदाधिकारी र कर्मचारी गरी ८९ जनाको कोरोना बिमा गरिएको एनओसीका उपाध्यक्ष चतुरानन्द राज बैद्यले जानकारी दिए। उनले छुटेका खेलाडीलगायत अन्यको फेरि बिमा गरिने पनि बताए । एभरेस्ट इन्सुरेन्स कम्पनीबाट १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरिएको उपाध्यक्ष बैद्यले जानकारी गराए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.