एनओसीलाई केल्मीको प्रायोजन

अन्तर्राष्ट्रिय स्पोट्र्स सामग्री उत्पादन कम्पनी केल्सीले नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई प्रायोजन गर्ने भएको छ । शुक्रबार एनओसी र केल्मीले प्रायोजन सम्बन्धी सम्झौता गरेका छन्।

सम्झौता पत्रमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका निर्देशक प्रदीप न्यौपानले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौता अनुसार नेपालमा केल्मीको आधिकारिक विक्रेता कामरुले टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई सबै पोशाक प्रायोजन गर्नेछ ।

उक्त अवसरमा एनओसी अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद र नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेकोमा जोड दिँदै कामरुसँगको अनुबन्ध भविष्यमा दीर्घकालीन हुने विश्वास व्यक्त गरे ।

यस्तै कामरुका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने टोलीको पोसाक प्रायोजन गर्न पाएकोमा खुसी भएको बताए ।

Facebook Comments Box