नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ। आईसिसी विश्वकप लिग–२अन्तर्गतको दोस्रो सिरिजको तयारीमा रहेको नेपालले सिरिजअघि पपुवा न्युगिनीसँग २ खेलको एकदिवसीय खेल्ने भएको हो।

आगामी सेप्टेम्बर दोस्रो साता ओमानमा ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्दैछ। सोही अघि नेपालले पपुवा न्युगिनीसँग ओमानमै सेप्टेम्बर ५ र ८ सिरिज खेल्न लागेको हो।

दोस्रो त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमले बन्द प्रशिक्षण सुरु गरेको छ। बन्द प्रशिक्षणमा १९ खेडाली सहभागी छन्। बन्द प्रशिक्षणका लागि बुधबार मात्र क्यानले २० सदस्यीय नेपाली टिमको घोषणा गरेको थियो। तर, पूर्वकप्तान पारस खड्काले सन्न्यासको घोषणा गरेपछि उनीबाहेक १९ सदस्यीय टिम बन्द प्रशिक्षणमा सहभागी छन्।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल आसिफ सेख, गुल्सन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडल सहभागी छन्।