नेपालले ओमानमा टी–२० प्रतियोगिता खेल्ने

टेस्ट राष्ट्र आयरल्यान्डसहित ५ देशसँग नेपालले टि–२० प्रतियोगिता खेल्ने भएको छ । प्रतियोगितामा नेपालसहित ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले सहभागीता जनाउने छन् ।

ओमान क्रिकेटले अयोजना गर्न लगोको प्रतियोगिता असोज १६ बाट सुरु हुने छ । गतवर्षमात्र एकदिवसीय मान्यता पाएको ओमान अहिले टि–२० विश्वकप खेल्ने अभियानमा छ । युएईमा हुने ग्लोबल छनोटको तयारीका लागि ओमन क्रिकेट यो प्रतियोगिता आयोजना गरेको हो ।

ओमान हुने प्रतियोगिता खेल्नका लागि नेपाललाई प्रस्ताव आएको नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले पुस्टी गरेका छन् । उनले प्रतियोगितामा सहभागीतका लागि इमेल मार्फत् ओमान क्रिकेटले प्रस्ताव पठाएको बताएका छन् ।

तर, नेपालको सहभागीताबारे भने टुंगो लागेको छैन । नेपाल क्रिकेट संघ निलम्बनमा रहेकाले ओमानमा हुने प्रतियोगितामा सहभागीताका बारेमा आईसिसीले निर्णय गर्ने छ ।

नेपालबाहेक आयरल्यान्ड, हङकङ र ओमान र नेदरल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका छन् । नेपाल भने एसिया छनोटमा सिंगापुरसँग पराजित हुँदै ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।

व्यवस्थापक शिवाकोटीले सबैखेलसँग भने, ‘ओमान क्रिकेटले सहभगीताका लागि आग्रह गरेको छ, तर, नेपाली क्रिकट आईसिसीको प्रतिबन्धमा रहेका हाम्रो सहभागिताका बारेमा आईसिसीले नै निर्णय गर्छ । सहभागीता बारेमा आईसिसी सल्लाहमा आज–भोलीलै निर्णय गर्ने छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *