एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गतको नेपालको दोस्रो सिरिज सेप्टेम्बर दोस्रो साता हुने भएको छ। ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको सिरिज सेप्टेम्बर १३ देखि २० सम्म आयोजना हुने ओमानको न्युज पोर्टल टाइम्स अफ ओमानले जनाएको छ।
तर, आईसिसीले त्रिकोणात्मक सिरिजको मिति भने तय गरिसकेको छैन। सिरिजका लागि नेपाली टिमले गत साताबाटै बन्द प्रशिक्षण सुरु गरिसकेको छ। सिरिजको तयारीका लागि नेपालले ओमानमै पपुवा न्युगिनीसँग २ अभ्यास खेल खेल्ने तयारी गरेकाे छ।
विश्वकप लिग २ को पहिलो सिरिज नेपालले ओमान र अमेरिकासँगै घरेलु मैदानमा खेलेको थियो। नेपालले पहिलो सिरिजका ४ मध्ये २ खेल जितेको थियो।
लिग–२मा ४ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । १० खेलमा १६ अंक जोडेर ओमान शीर्ष स्थानमा छ भने १२ खेलमा १२ अंक नै जोडेको अमेरिका दोस्रो स्थानमा छ।