°
, June 4, 2023 in

रेलिगेसन जोनबाट बाहिरिँदै पुलिस, च्यासलमाथि थप दबाब

SHARE:

सहिद स्मारका ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ। बुधबार भएको खेलमा रवि पासवान चम्किएपछि पुलिसले च्यासलमाथि २–१को जित निकाल्यो।

गत माघ २ कै लागि तय भएको खेल च्यासलका खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्थगित गरिएको थियो ।

च्यासलविरुद्धको यो जितसँगै विभागीय टिम पुलिसको रेलिगेशन खतरा टरेको छ। उ १० अंक सहित १०औं स्थानमा उक्लेको छ। यता, च्यासललाई भने रेलिगेसनको झनै ठूलो दबाब परेको छ। ऊ ५ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ ।

दशरथ रंगशालामा भएको खेलमा रविले दुवै हाफमा समान एक गोल गरे । च्यासलका लागि विदेशी खेलाडी माउसा अबागानाले एक गोल फर्काए ।

३७ औं मिनेटमा निरकुमार राईको पासमा रविकुमार पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। ५३ औं मिनेटमा पेनाल्टीमार्फत च्यासलले बराबरी गोल फर्काएको थियो ।

पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो र त्यसमा माउसा अबागानाले गोल गरेका हुन् ।

७० औं मिनेट पासवानले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले पुनः अग्रता लियो । त्यसपछि दुवै टिमबाट गोल नहुँदा पुलिस विजयी भयो।

SHARE: