सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एकमात्र खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १–०ले हरायो।
लिगको पहिलो खेलमा आर्मीसँग बराबरी खेलेको पुलिसलाई पहिलो जित दिलाउने क्रममा राष्ट्रिय टिमका स्ट्राइकर सुमन लामाले निर्णायक गोल गरे । पहिलो हाफमा दुवै टिमले गोलको थुप्रै प्रयास गरे, तर गोल भने हुन सकेन।
७०औं मिनेटमा खेलमा पुलिसले अग्रता लियो। दोस्रो हाफमा मैदान छिरेका सुमनले रवि पासवानको पासमा पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट गोल गरे गर्दै टिमलाई अग्रता दिलाए । खेलमा त्यसपछि गोल नहुँदा पुलिसमा लिगमा पहिलो जित निकाल्यो ।
पहिलो जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ भने लगातार दोस्रो हार बेहोरेको जावलाखेल अंकबिहीन छ।
लिगअन्र्तगत सोमबार दुई खेल हुनेछ। दिउँसो १ बजे हुने खेलमा एनआटीले ब्रिगेड बोइज क्लबको सामाना गर्नै छ भने अपरान्ह ४ः४५ बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले र विभागीय त्रिभुवन आर्मी क्लबको सामाना गर्नेछ।