लिगमा पुलिसले जोड्यो पहिलो अंक

Read Time:1 Minute

सहिद स्मारक ए डिभिजन लिग पाचौं चरणमा आइपुग्दा नेपाल पुलिस क्लबले अंकको खाता खोलेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई बराबरीमा रोक्दै पुलिसले पहिलो अंक जोडेको हो।

पुलिस र एनआरटीबीचको खेल १–१ गोलको बराबरी सकिएको थियो । खेलमा एनआरटीका सञ्जिव विष्ट र पुलिसका प्रताप गुरुङले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६४औं मिनेटमा सञ्जिवले एनआरटीलाई अग्रता दिलाए। एनआरटीको अग्रता १० मिनेटभन्दा बढी टिक्न सकेन । ७५औं मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई लिगमा पहिलो अंक दिलाए।

पहिलो अंक जोडेसँगै पुलिसले पुछारमा छ भने ५ खेलमा २ अंक जोडेको एनआरटीले पुछारबाट दोस्रो स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
50 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फ्रेन्ड्समाथि आर्मीको पुनरागमन जित
Next post रोड रेसको उपाधि आर्मीका मुकेश र पुलिसकी राजपुरालाई
Close