राखेपका ३३ कर्मचारी तथा प्रशिक्षक दिए संघबाट राजिनामा

विभिन्न संघमा आबद्ध रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कर्मचारी तथा प्रशिक्षकहरुले ती संघबाट राजिनामा दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएपछि राखेपका ३३ जना कर्मचारी तथा प्रशिक्षकहरूले खेल संघबाट राजीनामा दिएका हुन् ।

नयाँ ऐनमा खेलकुद परिषद्का कर्मचारी र प्रशिक्षक कुनै पनि संघको पदाधिकारी तथा सदस्य बन्न नपाउने व्यवस्था भएपछि उनीहरुले संघबाट राजिनामा दिएका हुन् । सोमबारसम्म परिषद्मा आबद्ध ३३ जना कर्मचारी तथा प्रशिक्षकले विभिन्न ५६ पदबाट राजीनामा दिइसकेका छन् । कर्मचारी ५ वटासम्म खेलकुद संघको कार्यसमितिमा थिए।

परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले चार वटा संघको कार्यसमितिबाट राजीनामा दिएका छन् । उनले अखिल नेपाल टेबल टेनिस संघको सदस्य, नेपाल तड। ईलमादो संघको सदस्य, नेपाल इकवेष्ट्रीन संघको सचिव र नेपाल हात्ती खेल संघको सदस्यबाट राजीनामा दिएका हुन् ।

खेलकुद विकास विभागका प्रशासकिय अधिकृत चन्द्रकुमार राईले नेपाल गल्फ संघको सचिवबाट राजीनामा दिएका छन् । परिषद्का प्रशासकिय अधिकृत ओमनाथ न्यौपानेले नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघको सदस्य, नेपाल फुटसल संघको कोषध्यक्ष, नेपाल जितकुण्डो संघको सदस्य, नेपाल जोरखाने खेलकुद संघको सदस्य र जापान गोजुरियो डो मिशन संघ नेपालको सदस्यबाट राजीनामा दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.