राखेपका उपााध्यक्ष तिमिल्सिना र सदस्य निरौला सम्मानित

राष्ट्रिय खेलकूद परिषद् (राखेप) का उपाध्यक्ष पीताम्बर तिमिल्सिना र सदस्य इन्दिरा निरौला सम्मानित भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा जावलाखेल भलिबल ट्रेनिङ सेन्टर र पूर्वराष्ट्रिय महिला भलिबल खेलाडीले उनीहरुलाई संयुक्त रुपमा सम्मान गरेको हो ।

कार्यक्रममा जावलाखेल भलिबल ट्रेनिङ सेन्टरका अध्यक्ष माधाव खड्काले तिमिल्सिना र निरौलालाई खादा र सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

सो अवसरमा राखेप उपाध्यक्ष तिमिल्सिनाले भलिबलको इतिहास बोकेको क्लबको सम्मानले आफूमा थप जिम्मेवारी थपिएको महसुस भएको बताए । उनले जावलाखेल भलिबल क्लबलाई व्यवस्थित र व्यावसायिक बनाउन राखेपका तर्फबाट जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको पनि बताए ।

यसैगरी सम्मान कायक्र्रयमा सदस्य निरौलाले भलिबल खेलमा आफ्नो पहिलो पाइला नै जावलाखेलले अगाडि बढाएको स्मरण गरिन् । ‘जुन क्लबले मलाई भलिबल खेल्न सिकायो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर दिलायो, त्यही क्लबबाट यस्तो सम्मान पाउँदा खुशी छु,’ निरौलाले भनिन् ।

यस्तै क्लबका अध्यक्ष खड्काले आफ्नै क्लबका खेलाडी आज नेतृत्व तहमा पुग्नु खुशीको विषय भएको बताउँदै खेलकूद क्षेत्रको विकासमा विशेष ध्यान दिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP