नेपाल सुपर लिग (एनएसएल)को खेल तालिका सर्वाजनिक कार्यक्रम स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ड्र कार्यक्रम रोक्न पत्राचार गरेपछि एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले कार्यक्रम स्थगित गरेको हो।
एनएसएल ड्र कार्यक्रम आइतबार हुने तय भएको थियो। ए डिभिजन क्लब र एनएसएलबीच विवाद देखिएपछि शुक्रबार साँझ एन्फाले ड्र सार्वजनिक कार्यक्रम रोक्न पत्र काटेको थियो।
एनएसएलले एन्फाको पत्रको सम्मान गर्दै ड्र रोक्ने निर्णय गरेको एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।
एनएसएलले ए डिभिजन क्लबसँग खेलाडीको सम्झौता अवधि बाँकी रहेको र लिरिज नगर्दै अक्सन गरेको भन्दै ए डिभिजनका चार क्लबहरु न्युरोड टिम ९एनआरटी०, मनाङ मर्स्याङ्दी, थ्री स्टार र संकटा क्लबले विरोध गरिरहेका छन्।
ए डिभिजन क्लब र एनएसएलबीच देखिएको विवाद समाधानका लागि एन्फाले अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका थियो। सोही कार्यदलले चार क्लबसँग छलफल गरेपछि एनएसएल ड्र रोक्न पत्र काटेको थियो।