°
, June 4, 2023 in

एनएसएल सेप्टेम्बर–अक्टोबरमा गर्ने प्रस्ताव

SHARE:

नेपाल सुपर लिग (एनएसएल)को आयोजनाका लागि नयाँ मिति प्रस्ताव गरिएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले एनएसएल सेप्टेम्बर–अक्टोबरमा गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सामु नयाँ मिति प्रस्ताव गरेको छ ।

यसअघि चैत अन्तिमबाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजकबीच विवादका कारण अन्तिम समयमा प्रतियोगिता रोकिएको थियो।

एन्फाले पनि अन्तिम समयमा मात्र लिगका लागि मिति स्वीकृत गर्दा एनएसएल आयोजकले यही अवस्थामा लिग गर्न नसकिने भन्दै पछि हटेको थियो ।

यसअघि चैत २६ देखि लिग गर्ने गरी आयोजकले चैत पहिलो साता टाइसिट ड्र कार्यक्रम राखेको थियो । तर एन्फाले आयोजकलाई पत्र पठाउँदै तत्कालका लागि ड्र स्थगित गर्न निर्देशन दिएको थियो ।

त्यसअघि नै ए डिभिजन क्लबहरुले आफ्नो क्लबमा करारमा रहेकै बेला खेलाडीहरुको अक्सन गरेको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो । विवादले ठूलो रुप लिँदा एन्फाले पनि समयमै यसबारे निर्णय गर्न सकेन र एनएसएल स्थगित भएको थियो ।

SHARE: