°
, June 2, 2023 in

लोस्कोरिङ म्याचमा विराटनगरमाथि लुम्बिनीको जित, बल र ब्याट दुवैमा चम्किए दीपेन्द्र

SHARE:

नेपाल टि–२० लिगमा लुम्बिनी अल स्टारले छैठौं जित निकालेको छ। आइतकार कीर्तिपुरस्थित टियू मैदानमा भएको लो स्कोरिङ म्याचमा लुम्बिनीले विराटगनर किंग्समाथि १२ रनको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दैै लुम्बिनीले दिएको १२३ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा ११० रनमा अलआउट भयो । उसका लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाउँदा विकेक यादवले १९, गौरांशु शर्माले १२ र पृथु बास्कोटाले १० रन बनाए।

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा ह्यारी ट्याक्टर, तिकल भण्डारी र साड्ली भान सल्कविकले समान २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेलेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले ९ विकेट गुमाउँदै १२२ रन बनायो । दीपेन्द्रले ४२ बलमा ६ चौका प्रहार गर्दै नटआउट ५० रन बनाए भने अनिल साह, ह्यारी ट्याक्टर र कुशल भुर्तेलले समान १३ रन बनाए।

विराटनगरका सूर्य तामाङले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ८ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, विवेक यादव र नन्दन यादवले पनि समान २ विकेट लिए।

यो जितसँगै लुम्बिनीले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ। उसले ७ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेको छ। ६ खेलमा ४ अंक मात्र जोडेको विराटनगर १ स्थान तल झदैै पाँचौं स्थानमा आइपुगेको छ।

सोमबार हुने पहिलो खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा जनकपुर रोयल्स र फार वेस्ट युनाइटेड भिड्ने छन्।

SHARE: