नेपाल टि–२० लिगको आयोजक भारतीय कम्पनी भाग्यो, प्रतियोगिता स्थिगत हुन सक्ने

Read Time:2 Minute

नेपाल टी–२० लिगको आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मानिसहरु सम्पर्कबिहीन भएका छन्। ६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक नपाएउँदा प्रतियोगिता स्थगितको संघारमा पुगेको छ।

खेलाडी र प्राविधिकहरुले पारिश्रमिक नपाएकाकै कारण मंगलबारको पहिलो खेल विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीचको खेल करिब ३ घण्टा ढिलाे सुरू हुने भएकाे छ। खेल ९ ओभरकाे हुने क्यानले जनाएकाे छ।

विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने धम्की दिएका थिए । तर, सोमबार साँझबाट आयोजकहरू नै ‘बेपत्ता’ भएपछि प्रतियोगिताका थप खेल नहुने अवस्थामा पुगेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसका संस्थापक जतिन आहलुवालिया सम्पर्कमा नआएको जनाए । उनले भने, ‘सेभेन थ्री स्पोर्ट्स अहिले सम्पर्कमा छैन, उनीहरूले दिउँसोदेखि फोन उठाइरहेका छैनन् । सोमबार बिहान कुरा हुँदा दूतावासमा छु भनेका थिए । सोमबार बेलुका पैसा दिने कुरा थियो।’

आयोजक सम्कर्पमा आएपनि प्रतियोगितामा बारेमा केही भन्न सकिने उनले बताए । अयोजक सम्पर्कमा नआएपछि कसरी स्थगित हुने संकेत अध्यक्ष चन्दले गरे।

‘खेलाडी र पारिश्रमिकका विषय पनि छन् । लाइभका लागि ल्याएको युरो स्पोर्टसको करोडौंको क्यामरा लिएर यहाँ छाडेछ,’ उनले भने, ‘सेभेन थ्री स्पोर्टसले नै बोलाएर उनीहरूसँग सम्झौता गरेको हो । त्यसमा ५० जनाजतिको टिम छ । होटलमा सबै बसेको बुकिङ नै छ।’

सेभेन थ्री स्पोर्टसबाट पाउनु रकम क्यानले आफैं अझै पाउन सकेको छैन। सेभेन थ्री स्पोर्टसले क्यानलाई ८ वर्षको ३३ करोड रुपैयाँ दस्तुर तिर्नुपर्ने गरी सम्झौता गरेको थियो ।

Happy
Happy
7 %
Sad
Sad
7 %
Excited
Excited
14 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
21 %
Previous post फिफा अध्यक्षले भने– सबै देशले कम्तिमा एउटा रंगशालाकाे नाम पेले राखौं
Next post अन्योलबीच काठमाडौं र विराटनगरबीच ९ ओभरको खेल, काठमाडाैंले दियाे ९३ रनकाे लक्ष्य
Close