क्यानले सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द गर्ने

Read Time:2 Minute

नेपाल क्रिकेट संघ (क्यान)ले टि–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द गर्ने भएको छ। प्रतियोगिताकै क्रममा थुप्रै विवाद आएपछि क्यालने सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द गन तयारी गरेको हो।

अध्यक्ष चतुरबहादुर चन्दले नेपाल अयोजकको नियतमा खोट देखिएकाले सम्झौता खारेजी गर्न लागेको बताए । प्रतियोगिताका जिम्मेबार व्यक्ति भागेर भारत पुगेको र अनेक बहानाबाजी गरेको प्रति अध्यक्ष चन्दले आक्रोश व्यक्त गरे ।

‘हामीसँग बैंकिङ कारोबारका लागि भारत जान्छु भनेको हो, अब आउँदैन होला । भागेर गएपछि अनेक दोष लगाइरहेको सुनेको छु । अर्को पक्ष भागिसकेपछि सम्झौता त रद्ध भइहाल्छ । नियतमै खोट रहेछ यसमा केही सोच्नुपर्दैन,’ उनले भने।

सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया सोमबार भारत गएका थिए । भारतबाट सुरक्षा चुनौतीका कारण नेपाल बस्न नसकेको भन्दै बहानाबाजी गरेको चन्दको आरोप छ ।

नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारणसभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको थियो । ८ वर्षका लागि व्यापारिक र रणनीतिक साझेदार बनेबापत उसले कुल ३३ करोड रुपैयाँ क्यानलाई बुझाउनुपर्ने थियो ।

पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा १ करोड २० लाख दिइसकेको अध्यक्ष चन्दले बताए । बाँकी रकम जसरी पनि ल्याइने उनको दाबी उनले गरे। अध्यक्ष चन्दले सेभेन थ्री स्पोर्टसविरुद्ध कानुनी कारबाही सुरु गर्ने बताउँदै आईसीसी, एसीसीमा कालोसूचीमा राख्ने प्रक्रिया सुरु गर्ने बताए।

फ्रेन्चाइज टिमहरु खेलाडीको पारिश्रमिकका लागि तयार रहेको र प्रतियोगितामा क्यानको शुल्क बुझाउनुबाहेक सेभेन थ्री स्पोर्टसको भूमिका सकिएकाले प्रतियोगिता नरोकिने उनको दावी छ ।

Happy
Happy
46 %
Sad
Sad
12 %
Excited
Excited
12 %
Sleepy
Sleepy
0 %
Angry
Angry
27 %
Surprise
Surprise
4 %
Previous post सन्दीपकाे न्यायका लागि नेपाली क्रिकेटरले उठाए आवाज
Next post आहा–रारा पोखरा गोल्डकप पिएफमाथि सानदार जित निकाल्दै संकटा फाइनलमा
Close