°
, June 1, 2023 in

विवादित नेपाल टि–२० लिग बारे छानविन गर्न राखेपले बनायो समिति

SHARE:

नेपाल टि–२० लिगका विषय देखिउको विवादका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानविन गर्ने भएको छ। फिक्सिङ तथा खेलाडी र प्राविधिकले तलब नपाएको लगायतका विवादका विषयमा छानविन गर्न राखेपले बुधबार समिति गठन गरेको छ।

राखेपले परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा प्रकाशकुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल छन्। यस्ते, सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई छन्।

समितिलाई सत्य तथ्य छानविन गरि प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ।

विदेशी खेलाडीको श्रम स्वीकृती र प्रतियोगिता संचालनको सम्बन्धमा परिषद्ले मागेको कागजात क्यानले उपलब्ध नगराएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत राखेपले जनाएको छ।

SHARE: