बल र ब्याट दुवैमा अब्बल विराटनगर, काठमाडौंलाई हराउँदै क्वालिफायरमा

Read Time:2 Minute

बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर सुपर किंग्स नेपाल टि–२० लिगको क्वालिफायरमा पुगेको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको एलिमिनेटरमा काठमाडौं नाइट्समाथि ९९ रनको फराकिलो जित निकाल्दै विराटनगर क्वालिफायरमा पुगेको हो।

अब विराटनगरले फाइनल प्रवेशका लागि मंगलबार जनकपुर रोयल्ससँग खेल्नेछ। जनकपुर क्वालिफायर १ मा लुम्बिनी अल स्टारसँग पारजित भएको थियो।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरले दिएको १८३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा ८३ रनमै अलआउट भयो। काठमाडौंका लागि अभिनास बोहराले सर्वाधिक १६ रन जोडे।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १५ , लोकेश बमले १३ र कमलसिंह ऐरीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा विराटनगरका सूर्य तामाङले घातक बलिङ गरे । उनले २.४ ओभरमा १४ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, किओन जोसेफ र सहाब अलामले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले कप्तान रोहितकुमार पौडेलको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनायो । रोहित पौडेलले ४९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६१ रन बनाए।

यस्तै, विस्फोटक ब्याटिङ गरेका विवेक यादवले १८ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै नटआट ४६ रन बनाए भने हुसेन टलाटले २३ बलमा १ चौका र ३ छक्काको मद्दत ३८ रन बनाए । राज नन्ननले १७ बलमा २३ रनको योगदान दिए।

बलिङमा काठमाडौंका कमलसिंह ऐरी र अनिल खरेलसमान २ विकेट लिए। 

Happy
Happy
81 %
Sad
Sad
0 %
Excited
Excited
6 %
Sleepy
Sleepy
6 %
Angry
Angry
0 %
Surprise
Surprise
6 %
Previous post एट्लेटिकोलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा
Next post एनभीए भलिबल च्याम्पियनसिप : उपाधि दाबेदार हेल्प नेपाल र न्यु डाइमन्डको जित
Close