°
, June 7, 2023 in

नेपाल टि२० लिगमा स्पट फिक्सिङ भएको सिआईबीको निष्कर्ष

SHARE:

दुई साताअघि सम्पन्न नेपाल टि २० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) निकालेको छ। प्रतियोतिगा चलिहरहँदा फिक्सिङको कुरा आएपछि गृहमन्त्रालयको निर्देशनमा सिआईबीले अनुसन्धान गरेको थियो।

डिएसपीको नेतृत्वमा भइरहेको अनुसन्धानले स्पट फिक्सिङ भएको निष्कर्ष सिआइबीले निकालेको छ। सिआईबीका प्रवक्ता एवं एसपी संजयसिंह थापाले स्पट फिक्सिङ भएको बताउँदै त्यही अनुसार कानुनी दायरामा ल्याउने बताए।

स्पट फिक्सिङमा ३ नेपाली खेलाडीसहित ७ खेलाडीको संलग्न नभएको सिआईबीको प्रारम्भिक निष्कर्ष छ। बेटिङ र फिक्सिङमा लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसकै संलग्न रहेको संकेत सिआईबीले गरेको छ।

सिआईबीले स्पट फिक्सिङ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ।

नेपाल टी २० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। भारतीय कम्पनीलाई बिना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो।

लिग विवादित बनेपछि अनुसन्धानका लागि आइसिसीका प्रतिनिधि समेत नेपाल आएका थिए। उक्त टोलीले सिआइबीसँग पनि गएर भेटेको थियो। आइसिसीको टिमले सिआइबीको अनुसन्धानलाई सहयोग गर्ने बताएको थियो। 

SHARE: