भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टि–२० लिगको सम्झौता रद्ध गरेको छ । लिगको रणनीतिक तथा व्यावसायिक साझेदार सेभेन थ्री स्पोर्ट्सले क्यानलाई पत्र पठाउँदै सम्झौता रद्द गरेको हो ।
सेभेन थ्रीका मालिक जतिन अहलुवालियाले क्यानलाई मंगलबार पत्र पठाएको बताएका छन् । उनले राष्ट्रिय खेलकुद परिषदलाई पनि पत्र पठाएको र आफ्नो कानूनी टिमले यसबारे थप काम गर्ने बताए ।
९–२७ पुसमा आयोजना भएको नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्टसकै प्रत्यक्ष संग्लग्नता रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सार्वजनिक गरिसकेको छ ।
नेपाल टि–२० लिग र सेभेन थ्री स्पोर्टससँगको सम्झौता बारेमा पोखरामा बसिरहेको क्यानको बोर्ड बैठकमा समेत छलफल हुँदै छ। क्यानले सेभेन थ्रीसँग अघिल्लो वर्षको फागुनमा ८ वर्षका लागि सम्झौता गरेको थियो।