°
, June 7, 2023 in

नेपाल टि–२० लिग विजेतालाई ५५ लाख, उत्कृष्ट खेलाडीलाई ५ लाख

SHARE:

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि–२० लिगको विजतो विजेताले ५५ लाख रुपैयाँ पाउने भएको छ।

क्यान र लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार राशि घोषणा गरेका हुन्।

शनिबारबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुने प्रतियोगिताको उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्ने छ भने तेस्रो हुनेले १० लाख र चौथो हुने टिमले ५ लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिइयो।

प्रतियोगितामा पुरस्कार राशीमा मात्रै १ करोड २५ लाख रुपैयाँ खर्च हुने सेभेन थ्री स्पोर्टसका निर्देशकि जतिन अग्रवालले जानकारी दिए। उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख रुपैयाँ पुरस्कार दिइने पनि जानाए ।

यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही साढे २ लाख रुपैयाँ पाउनेछन् भने इमर्जिङ प्लेयरले १ लाख ८० हजार रुपैयाँ पाउनेछन्। यस्तै, प्रत्येक खेलका प्लेयर अफ द म्याचले ४० हजार रूपैयाँ पाउनेछन्।

पत्रकार सम्मेनलमा क्यान अध्यक्ष चतुरबहादु चन्दले प्रतियोगिताको सबै तयारी पुरा भएको भन्दै प्राविधिक कारणले लिग १ दिन पछि सरेको बताए। विदेशी खेलाडीको श्रम स्वीकृति आउन ढिला हुँदा लिग १ दिन पछि परेको हो।

क्यानका अध्यक्ष चन्दले विभिन्न बाधा अवरोधकाबीच शनिबारबाट लिग सुरु हुने बताए। उनले प्रतियोगिताका लागि क्यान, खेलाडी सबै तयार रहेको उनले बताए । ‘लिग असफल बनाउ केही राजनीतिक दल संघ संस्था लागेका छन्, क्यानले राम्रो नियका साथ प्रतियोगिता गर्न लागेको छ, यो सफल हुन्छ । यसले नेपाली क्रिकेट र क्रिकेटलाई नै फाइदा हुन्छ,’ अध्यक्ष चन्दले भने।

टियु क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ टिम सहभागी हुने छन्। डलब राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन्।

प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौं नाइट भिड्ने छन् । शनिबार नै लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।

SHARE: