°
, June 7, 2023 in

नेपाल टि–२० लिगमा लुम्बिनी अझै अपराजित, काठमाडौं ३५ रनले पराजित

SHARE:

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको लुम्बिनी अल स्टारले नेपाल टि–२० लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। पाँचौं खेलसम्म अपराजित यात्रालाई कायमै राख्ने क्रममा लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले हरायो।

पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले ८ विकेटको क्षतिमा ११५ रन मात्र बनाउन सक्यो । उसका लागि अज्मतुल्लाह ओमरजाइले सर्वाधिधक ३८ रन बनाए भने कमलसिंह ऐरीले १९ र सुनाम गौतमले १८ रनको योगदान दिए।

ओपनरद्वय भीरन्दीप सिंह, लोकेश बम र ज्ञानेन्द् मल्ल डकआउट भएपछि काठमाडौं दबाबमा परेको थियो। काठमाडौंलाई सस्तैमा रोक्ने क्रममा हरमित सिंहले घातक बलिङ गरेर उनले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चँदै ३ विकेठ लिए।

त्यसअघि दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेलेपछि लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १५० रन बनायो । दीपेन्द्रले २७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाए ।

यस्तै, लहिरु मिलन्थाले १८ बलमा २५ रन बनाउँदा साड्ली भान सल्कविकले १५ बलमा २१ र कुलश भुर्तेलले १९ रन बनाए। काठमाडौंका ओमरजाइले २ विकेट लिए।

प्रतियोगिताको अपराजित उक्लो टिम लुम्बिनी पाँच खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ। काठमाडौंअंक जोड्दै तेस्रो स्थानमा छ।

SHARE: