कीर्तिपुरस्थित टियू मैदानमा जारी नेपाल टि–२० लिगमा लुम्बिनी अल स्टारले लागतार दोस्रो जित निकलालेको छ। आइतबार भएको खेलमा विराटनगर सुपर किंग्समाथि २ रनको रोमाञ्चक जित निकाल्दै लुम्बिनीले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।
यसअघि शनिबार भएको खेलमा लुम्बिलीले पोखरा एभेन्जर्समाथि ६७ रनको जित निकालेको थियो। विराटनगरको भने यो पहिलो खेल हो।
पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १५८ रनको पछ्याएको विराटनगरले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो। अन्तिम बलमा जितका लागि ४ रन चाहिएको अवस्थामा विराटगनरले १ रन मात्र बनाउन सक्यो।
उसका लागि हुसेन टलटले सर्वाधिक ३९ रन बनाउँदा रोहितकुमार पौडेलले २५, सिकन्दर राजाले १७, पृथु बास्कोटाले १८ र विवेक यादवले १३ रन बनाए।
लुम्बिनीलाई लागातार दोस्रो दिलाउने क्रममा किशोर महतोले उत्कृष्ट बलिङ गरेर उनले ४ ओभरमा १८ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, सागर ढकाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा र प्याट ब्राउनले समान १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनायो। उसका लागि श्रीलंकन ओपर लहिरु मिलन्थाले पुनः एक पटक उत्कृष्ट इनिङ खेले। उनले ६३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ८० रन बनाए।
यस्तै, कुशल भुर्तेलले १७ बलमा २६ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १६ र विपुल शर्माले ११ रन बनाए। विराटनगरका नन्दन यादव, आन्द्रे म्याकार्थी, सिकन्दर राजा, साहब आलम र हुसेन टलटले समान १ विकेट लिए।
आजै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र पोखरा एभेन्जर्स भिड्ने छन्।