°
, June 7, 2023 in

नेपाल टि–२० लिगमा जनकपुरको कप्तानी वेस्टइन्डिजका ट्रेभान ग्रिफिथले गर्ने

SHARE:

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट नेपाल टि–२० लिगमा जनकपुर रोयल्सको कप्तानी वेस्टइन्डिजका ट्रेभान ग्रिफिथले गर्ने भएका छन्। जनकपुरले मंगलबार एक कार्यक्रम गर्दै ३१ वर्षीय ब्याट्सम्यान ग्रिफिथलाई कप्तानको जिम्मेवारी दिएको हो।

कप्तानीकाे जिम्मेवारी पाएपछि ग्रिफिनले नेपालमा खेल्न उत्साहित रहेको बताए । ‘नेपालमा आएर पहिलो पटक खेल्न लाग्दा खुशी छु । कप्तान हुनु मेरो लागकी थप खुसीको कुरा हो र उत्साहित छु ।’

सोमपाल कामीलाई मार्की खेलाडी बनाएको जनकपुरले विदेशी खेलाडीका रुपमा वेस्टइन्डिजकै ब्याट्सम्यान चाड्विक वाल्टन र बलर केस्रिक विलियम्सलाई अनुबन्धन गरेको छ। अफगानिस्तानका अलराउण्डर शरफुदिन असरफ, शमिउल्लाह सिनवारी, श्रीलंकाका अशान प्रियान्जनले पनि नेपाल टि–२० लिग जनकपुरबाट खेल्ने छन्।

पुस ८ गतेबाट २६ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुने प्रतियोगिताका लागि जनकपुरले मुख्य प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक उमेश पटवाललाई नियुक्त गरेको छ।

जनकपुरमा पवन सरार्फ, जितेन्द्र मुखिया, ललित राजवंशी, सुसन भारी, आदिल आलम, सन्दिप जोरा, दिलिप नाथ, सागर पुनलगायत नेपाली खेलाडी छन्।

SHARE: