नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । खेल नेपाली समयअनुसार ७ः४५ बजे मलेसियास्थित वरित जालिल रंगशालामा हुने छ ।
नेपाल र मलेसिया ११ वर्ष आपसमा भिड्न लागेका हुन् । फिफा वरियतामा नेपाल मलेसियामा ७ स्थान छ, तर पनि प्राविधिक रुपमा नेपालभन्दा मलेसिया बलियो छ । फिफा वरियतामा नेपाल १६१ औं स्थानमा छ भने मलेसिया १६८ औं स्थानमा छ ।
मलेसिया र चाइनिज ताइपेइविरुद्धको २ मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बिहीबार मलेसिया प्रस्थान गरेको हो । नेपाली टिममा २ मुख्य स्ट्राइकर विमल घर्तिमगर र भरत खवासको अभाव खड्किन सक्छ ।
यसैबीच प्रशिक्षक योहान कालिनले मलेसिया बलियो भएपनि उनीहरुलाई चुनैति दिन आफूहरु तयार भएका बताएका छन् । कालिनले उत्कृष्ट फुटबल खेल्दे निश्चित जितका लागि मैदान उत्रने बताएका छन् ।
मलेसियाविरुद्ध अहिलेसम्म जित निकाल्न नसकेको नेपालका लागि आजको खेल पनि त्यति सहज भने हुने छैन । नेपाल र मलेसिया अहिलेसम्म ६ पटक भिडेका छन् । जसमध्ये ५ खेलमा मलेसिया विजयी हुँदा १ खेल बराबरीमा सकिएको छ ।
नेपाल र मलेसिया अन्तिम पटक सन् २००८मा मैत्रीपूर्ण खेलमा भिडेका थिए । त्यसमा नेपाल ४–० ले पराजित भएको थियो । नेपालले मलेसियाविरुद्ध अहिलेसम्म गोल गर्न सकेको छैन । ५ खेलमा नेपालले मलेसियाविरुद्ध २१ गोल खाएको छ । एक खेलभने गोलरहित बराबरीमा सकिएको थियो ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले ६ जुनमा चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल खेल्ने छ । प्रशिक्षक योहान कालिनको यो तेस्रो खेल हो । यसअघि कुवेतसँग नेपालले २ मेत्रीपूर्ण खेल खेलेको थियो ।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, एनल न्यौपाने ।
डिफेन्डर : विराज महमर्जन (कप्तान), अनन्त तामाङ, रञ्जित धिमाल, सरोज दाहाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, रवि सिलवाल ।
मिडफिल्डर : विक्रम लामा, रोहित चन्द, सुनिल बल, सन्तोष तामाङ, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, तेज तामाङ ,
स्ट्राइकर : अन्जन विष्ट, विमल राना, नवयुग श्रेष्ठ र अभिषेक रिजाल ।