सिनियर खेलाडी सम्मिलित टेस्ट राष्ट्र जिम्बाबेको ए टिम सिरिज खेल्न नेपाल आउने भएको छ। नेपाली टिमसँग एक दिवसीय र टि–२० सिरिजका लागि जिम्बाबेको टिम नेपाल आउन लागेको क्यानले जनाएको छ।
नेपाल र जिम्बाबेबीच टियु मैदानमा तीन खेलको टि–२० र तीन खेलको एकदिवसीय सिरिज हुनेछ। जिम्बाबेसँगको सिरिजको मिति फिक्स नभएपछि सिरिज अप्रिल अन्तिम सुरु हुने क्यानले जनाएको छ।
क्यानका अनुसार जिम्बाबे सिनियर टोलीबाटै खेलिरहेका आफ्नो पहिलो रोजाइको टोली नै पठाउने छ । तर, टिमको नाम जिम्बाबे ए रहनेछ। जिम्बाबेसँगको सिरिजले अन्तर्राष्ट्रिय मान्यता नपाए पनि असान्न विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि नेपाललाई ठूलो फाइदा पुग्नेछ।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। अमेरिका भ्रमण लगत्तै नेपालले विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड भ्रमण गर्ने तालिका छ।
टि–२० सिरिज जिम्बाब्बेकै आग्रहअनुसार खेल्न लागिएको क्यानले जनाएको छ। उसले विश्वकप तयारीको लागि टि–२० सिरिज खेल्न जोड गरेको हो। तर, क्यानले आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि जोड दिएको हो।