भलिबल संघको अध्यक्षमा जितेन्द्रको उम्मेदवारी

Read Time:2 मिनेट

नेपाल भलिबलको संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २२ गते हुने संघको निर्वाचनका लागि वर्तमान महासचिव चन्दले आइतबार उम्मेदवार घोषणा गरेका हुन् ।

अब उलने अध्यक्षका लागि निरोज मास्केसँग प्रतिस्पर्धा गर्ने छन् । निरोजले एक महिला अघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकी छन् ।

चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभिए)का कोषाध्यक्ष समेत हुन् । काठमाडौंको येल्लो प्यागोडा होटलमा कार्यक्रम आयोजना गर्दै चन्दले अध्यक्षमा दाबेदारी दिँदा वर्तमान अध्यक्ष मनोरन्जन रमण शर्मा, उपाध्यक्ष यामबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।

अध्यक्षमा उम्मेदवार घोषणा गर्दै चन्दले भलिबलको सपना पूरा गर्न आफू नेतृत्वमा आउन चाहेको बताए । कार्यक्रममा वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माको प्रशंसा गर्दै चन्दले वर्तमान नेतृत्वको बाँकी रहेको कार्यभार आफुले पुरा गर्ने बताए।

१४ बुँदे योजना सार्वजनिक गर्दै चन्दले बार्षिक क्यालेण्डर प्रकाशित गर्ने, काम गर्न प्रोत्साहन गर्न सवैलाई व्यवस्थीत गर्ने, प्रशिक्षक, खेलाडी र रेफ्रीलाई समय सापेक्ष वैदेशिक प्रशिक्षणमा पठाउने बताए। त्यस्तै वर्षभरि उत्कृष्ट कार्य गर्ने जिल्ला भलिवल संघ, प्रदेश भलिवल र रेफ्री तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने लगाएतका योजना पनि चन्दको छ।

यस्तै रोसन श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । यसअघि नै हालका सचिव मनवीर छन्त्यालले पनि महासचिवमा उम्मेदवारी दिएका छन् ।

मास्के र चन्दले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि प्यानल सार्वजनिक गरेका छैनन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सिटी रोकिँदा चेल्सीको जित, टाेटनहमले फुलहमलाई हरायाे
Next post सिप्यान अवार्डको मोमेन्ट अफ दी इयरको मनोनय सार्वजनिक
Close