साफ च्याम्पियनको पहिलो पटक फाइलन नजिक पुगेको नेपालले अहिले बंगलादेशसँग भिडिरहेको छ। दुवै टिमका लागि फाइनल पुग्नका लागि महत्वपूर्ण रहेको खेलमा नेपाल सुरुआतमै पछि परेको छ।
९औं मिनेटमा सोउमन रेजाले गोल गर्दै नेपालविरुद्ध बंगलादेशलाई अग्रता दिलाए ।
दुई जितसहित ६ अंक जोडेनको नेपालका लागि फाइनल पुग्न १ अंक मात्र आवश्यक छ। यता ४ अंक जोडेको बंगलादेशका लागि निश्चित जित चाहिएको छ।
बंगलादेशविरुद्ध प्रशिक्षक अलमुताइरीले भारतविरुचको खेलमा तीन परिवर्तन गरेका छन्। उनले सुमन लामा, सुमन अर्याल र मनिष डाँगीको स्थानमा अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठलाई मौका दिएका छन्।