अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। शुक्रबार साँझ ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग २–०ले पराजित भयो ।
बंगलादेशसँग नेपाल पाँच वर्षपछि पराजित भएको होे । सन् २०१५ मा मैत्रीपूर्ण खेलमा बंगलादेशसँग १–० ले पराजित नेपाल त्यसयता अपराजित थियो।
बंगलादेशले खेलको दुवै हाफमा गोल गरेको हो । खेलको १० औँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । ८०औं मिनेटमा महबुबुर रहमानले एकल प्रयासमा गोलकिपर किरण चेम्जोङलाई समेत छलाउँदै गोल गरे गर्दै घरेलु टोली बंगलादेशलाई जित दिलाए ।
मैत्रीपूर्ण खेलका लागि घरेलु टोलीले तीन साताभन्दा बढी प्रशिक्षण गरेको थियो । नेपालले भने काठमाडौंमा करिब एक साता प्रशिक्षण गरेर बंगलादेश गएको थियो । दुई दिन होटल क्वारेन्टिनमा बसेका नेपालले केही दिन मैदानमा प्रशिक्षण गरेको थियो । मैत्रीपूर्ण खेलको सिरिज अन्तर्गत दोस्रो खेल नेपालले बंगलादेशसंग यही नोभेम्बर १७ तारिखमा खेल्नेछ ।

खेल हारेपनि तीन युवा खेलाडीको डेब्यु नेपालको राष्ट्रिय टिममा डेब्यू गरे । डेब्यू गर्नेमा विकास खवास, एरिक विस्ट र दर्शन गुरुङ थिए । युवा डिफेण्डर विकास खवासले पहिलो रोजाईमै डेब्यु गरे एरिक ४२औं मिनेटमा विक्रम लामाको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै दर्शन ६८औं मिनेटमा रवी पासवानको स्थानमा मैदान प्रवेश गरेका थिए ।