°
, June 1, 2023 in

नेपालविरुद्ध भुटानलाई अग्रता, नोर्बुले गरे गोल

SHARE:

दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कपको लिगको अन्तिम खेलमा भुटानले नेपालविरुद्ध अग्रता लिएको छ।

घरेलु टोली नेपालविरुद्ध भुटानले खेलको १९औं मिनेटमा अग्रता लिएको हो । भुटानका लागि तेङिज नेर्बुले कर्नरमा फ्रि हेडर गर्दै गोल गरेका थिए।

नेपालविरुद्ध १३औं खेल खेलिरहेको भुटानको छैठौं गोल हो । यता, नेपालले भने भुटानविरुद्ध ३८ गोल गरेको छ।

प्रतियोगिताको फाइनल पुग्ने नेपाललाई भुटानविरुद्ध बराबरी काफी छ भने भुटानले भने खेल २ गोलको अन्तरले जित्नु पर्ने हुन्छ।

SHARE: