प्रधानमन्त्री थ्री नेसन्स कपको लिगको अन्तिम खेलमा नेपालले खेलको अन्त्यतिर बराबरी गोल गरेको छ। हारतर्फ अग्रसर भएको नेपालका लागि ९०औं मिनेटमा बराबरी गोल गरेको थियो।
नेपालका लागि दीपकराजसिंह ठकुरीले गोल गरेका थिए । नेपालका लागि दोस्रो खेल खेलेका उनको यो पहिलो गोल हो।
त्यसअघि घरेलु टोली नेपालविरुद्ध भुटानले खेलको १९औं मिनेटमा अग्रता लिएको हो । भुटानका लागि तेङिज नेर्बुले कर्नरमा फ्रि हेडर गर्दै गोल गरेका थिए। नेपाली डिफेन्डरले नेर्बुलाई मार्क गर्न नसक्दा गोल खान पुगेको थियो।
त्यसबाहेक पनि दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि गोल भने हुन सकेन् ।
नेपालविरुद्ध १३औं खेल खेलिरहेको भुटानको छैठौं गोल हो । यता, नेपालले भने भुटानविरुद्ध ३८ गोल गरेको छ।
प्रतियोगिताको फाइनल पुग्ने नेपाललाई भुटानविरुद्ध बराबरी काफी छ भने भुटानले भने खेल जित्नु पर्ने हुन्छ।