दशरथ रंगशालामा हुने भनिएको नेपाल र चाइनिज ताइपेइविरुद्धको विश्वकप छनोटको खेल स्थगित भएको छ। आगामी चैत १२ गतेका लागि तयार भएको नेपाल र चाइनिज ताइपेइविरुद्धको खेल स्थागित भएको एसियाली फुटबल महासंघ (एएफसी)ले जनाएको छ।
कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण केही देशले आफ्नो देश बाहिर गएर नखेल्ने भएपछि नेपाल र चाइनिज ताइपेइविरुद्धको खेल स्थागित भएको एएफसीले जनाएको छ।
नेपाल र चाइनिज ताइपेइविरुद्धको खेल स्थगित भएसँगै नेपालले चैतमा दशरथ रंगशालामा एउटा मात्र खेल खेल्ने भएको छ। नेपालले चैत १७ गते अस्ट्रेलियासँग खेल्ने छ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।
विश्वकप छनोटको समूह बीमा रहेको नेपालले अब चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। तीनै खेल नेपालको घरेलु मैदानमा हुने तय छ। अस्ट्रेलियासँग खेलेपछि बाँकी दुई खेलको तालिका परिस्थिति हेरेर तय हुने बताइएको छ ।
समूह ‘बी’ मा नेपाल पाँच खेलमध्ये एउटा खेल मात्र जितेको छ। मा जित निकालेको छ । नेपालले चाइनिज ताइपेइलाई २–०ले हराएको थियो । अन्य चार खेलमा नेपाल अस्ट्रेलियासँग ४–०, जोर्डनसँग ३–०, कुवेतसँग ७–० र १–०ले पराजित भएको थियो।
समूहमा बीमा १२ अंक जोडेको अस्ट्रेलिया साथ शीर्ष स्थानमा छ भने १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल ३ अंकसहित