आईसिसी टि–२० महिला विश्वकपको एयिन छनोटको पहिलो खेलमा नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो। खेल बिहान ११ः१५ बजे सुरु हुनेछ।
पछिल्लो पटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोट अन्तर्गत नै बैककमा भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो।
नेपाली टिम कतारमा ३ खेलको टि–२० सिरिज खेलेर दुबई पुगेको हो । पहिलो टि–२० सिरिज नेपालले क्लिनस्विप गरेको थियो। हङकङविरद्ध मैदान उत्रँदा नेपाली टिम उत्साहित छ।
छनोट अन्तर्गत नेपालले मंगलबार भुटानविरुद्ध खेल्ने तालिका रहेको छ भने तेस्रो खेल बिहीबार कुवेतविरुद्ध रहेको छ। नेपालले छनोटको चौथो खेल आगामी शुक्रबार मलेसियासँग खेल्नेछ भने अन्तिम खेलमा आगामी आइतबार युएईको सामना गर्नेछ।
६ टिम सहभागी छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।