ग्लोबल क्वालिफायरको तयारी लागि आयोजना गरिएको चार देशीय टि–२० सिरिजको अन्तिम खेलमा आज नेपालले आयरल्यान्डको सामाना गर्दैछ।
यसअघि दुई खेलमा टिममा परिवर्तन गरिहेका मुख्य प्रशिक्षक पुबुदु दासानायकले आयरल्यान्डविरुद्ध पनि केही परिवर्तन गर्ने छन् । र, विश्वकप छनोटमा कसले कुन स्थानमा खेलाउने भन्ने टुंगो लगाउने छन्।
विश्वकप छनोटको लक्ष्यसहित ओमान पुगेका १७ खेलाडी मध्ये १४ जनाले यसअघिका दुई खेलमा मौका पाइएका छन्। यसअघिका दुई खेलमा नेपालले तीन नयाँ खेलाडीलाई प्रयोग गर्दै अवसर दिइसकेको छ । यस्तै ३ खेलाडीले पुनरागमन पनि गरेका छन् ।
आयरल्यान्डविरुद्ध नेपाली सम्भवतः नेपाली टिमको ओपनिङ आसिफसँगै कुशल भुर्तेलले गर्ने छन् या प्रदीप ऐरी र कुशलको जोडी पनि हुनसक्छ । अलराउन्डर कुशल मल्ल र करण केसी आयरल्यान्डविरुद्धको टिममा पर्ने लगभग पक्का छ ।
यस्तो अवस्थामा आसिफ सेख, जितेन्द्र मुखिया वा कमलसिंह ऐरीलाई पनि रेस्ट पाउन सक्नेछन्। यस्तै, स्पिन बलिङका रुपमा सागर ढकालले पुनः मौका पान सक्नेछन्।